राष्ट्रपति बाइडेनद्धार काबुलको विमानस्थलमा थप आक्रमण हुनसक्ने चेतानी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । भदौ १३, अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा आतंकवादीले थप आक्रमण गर्न सक्ने चेतावनी चेतावनी दिएका छन्।
त्यस्तै तालिबानको कब्जामा गएको अफगानिस्तानबाट अमेरिकाले अझै पनि आफ्ना नागरिक, कर्मचारी तथा सहयोगीहरुको उद्धार गरिरहेको छ। तर बेलायती सैनिकको अन्तिम समूह, कूटनीतिज्ञ तथा अधिकारीहरुले भने काबुल छोडेका छन्।
गत बिहीबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान गएको थियो। सो आक्रमणको जिम्मा इस्लामिक स्टेट–के (आइएस–के) ले लिएको थियो।