पारसको क्यारिकेचर गरेर भरतमणि कमेडी च्याम्पियनको फाइनल चरणमा प्रवेश

काठमाडौं । भदौ १३, ताप्लेजुङका भरतमणि पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को अन्तिम तीनमा पर्दै फाइनलमा प्रवेश गरेका छन्।
शनिवार राति प्रशारण भएको ‘कमेडी च्याम्पियन’ सिजन २ को ३४ औँ श्रृङ्खलामा पूर्वयुवराज पारस शाहजस्तै स्वरूपमा स्टेजमा देखा परेका उनले आफ्ना तीन प्रतिस्पर्धी विकी अग्रवाल, सन्तोष थापा र हिकमत महरालाई पछाडि पारेर ‘पफर्मर अफ द राउन्ड’ बन्दै फाइनल यात्रा तय गरेका हुन्।