शेयर बजारमा उच्च अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । भदौ १३, आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बजार परिसुचक नेप्से ४९ अंकले ओरालो लागेर ३ हजार ४५ बिन्दुमा आई थामियो ।

यसदिन जीवन बिमा समुहमा सबैभन्दा उच्च ३ सय ४ अंकको गिरावट आउँदा निर्जिवन बिमा समुह पनि २ सय ५३ अंकले ओर्लियो ।

त्यस्तै यसदिन नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढि कमाउँदा रुरु जलविद्युत आयोजनाका लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे ।

 

प्रकाशित : 29 August, 2021

प्रतिक्रिया दिनुहोस्