नर्भिक अस्पतालले ल्यायो हेल्थ प्याकेज

काठमाडौं । भदौ १४, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले तीज र औंसी (बुबाको मुख हेर्ने दिनंं)लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ ।
तीज प्याकेज अन्तर्गत एउटा बेसिक, ब्रेस्टको यूएसजी सहितको प्याकेज र मेमोग्रामसहितको प्याकेज रहेको अस्पतालले जनाएको छ । बेसिक प्याकेजमा विशेष सहुलियत सहित ६ हजार ६६६ कायम गरिएको अस्पतालले जनाएको छ ।
यस्तै, ब्रेस्टको यूएसजी सहितको प्याकेज भने १० हजार पर्ने भएपनि तीजको अवसरमा ७ हजार ७७७ कायम गरिएको छ । मेमोग्राम सहितको प्याकेज १३ हजार ४ सय तोकिएकोमा तीजको अवसरमा मात्र ९ हजार ९९९ कायम गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यी प्याकेजहरु भदौ २७ गतेसम्म लिन सकिने छ ।
त्यसैगरी बेसिक तीज प्याकेज अन्तर्गत सुगर रेन्डम, यूरिक एसीड, लिपिड प्रोफाइल, यूरिया, क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पीए, इसीजी, अल्ट्रासाउन्ड, यूरिन रुटिन लगायतका जाँच पर्नेछन् । यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ ।
अरु बेला ८ हजार ६५० पर्ने प्याकेजलाई बुवाको मुख हेर्ने दिन(औंसी)को अवसर पारेर ६ हजार ५ सय कायम गरिएको अस्पतालले जनाएको छ । यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहने अस्पतालले जनाएको छ ।