अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा

सहयात्रा टिभी

काठमाडौं । भदौ १५, पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जेसीबीको प्रयोग गरी पूर्णरूपमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 31 August, 2021

प्रतिक्रिया दिनुहोस्