विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई सुधार

सहयात्रा टिभी

काठमाडौं । भदौ १५, केहि दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मौसममा सुधार आएको छ ।

त्यस्तै, नेपालको तराई भू–भाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

त्यसैगरी, राति भने देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर बुधबार सामान्य बदली रही केही स्थानमा मेघगर्ज/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : 31 August, 2021

प्रतिक्रिया दिनुहोस्