काठमाडौँ उपत्यकाको फोहोर आजदेखि उठ्ने

सहयात्रा टिभी

काठमाडौँ । भदौ १६, काठमाडौँ महानगर सहित उपत्यकाका विभिन्न स्थानमा थुप्रिएको फोहोर आजदेखि संकलन गरिने भएको छ ।

हिजो काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतसहितको बैठकले आज बिहानदेखि फोहोर उठाउने निर्णय गरेको हो ।

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने बताए । वर्षातले सडक बिग्रीएका कारण संकलन गर्न नसकिएको फोहर सिसडोलका स्थानीयलाई असर नहुने गरी व्यवस्थापन गरिने काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

विगत ३ हप्तादेखि उपत्यकाका सडकको फोहोर संकलन हुन सकेको छैन । जसका कारण काठमाडौंमा महामारीको डर बढेको थियो ।

प्रकाशित : 1 September, 2021

प्रतिक्रिया दिनुहोस्