नेपाल रपि.एन.जी विच हुने ODI Series को प्रत्यक्ष प्रशारण गर्ने सम्झौता सम्पन्न

काठमाडौं । भदौ १६, नेपाल क्रिकेट संघ(CAN) र डिश मिडिया नेटवर्क लिमिटेड विच नेपाल र पि.एन.जी विच हुने एकदिवसीय अन्तराष्ट्रिय series को प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।
डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह विच सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त series का दुई Match यहि मिति २०७८ भाद्र २२ र २५ गते हुने छ । Series को एक खेल Day Match हुने छ भने दोस्रो खेल नेपालको Day/Night ODI Match हुनेछ ।
यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले Action Sports HD1 र डिशहोम GO OTT APP मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।