मलेसियामा एक नेपाली युवाको मृत्यु

काठमाडौं । भदौ १७, बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्री केदारका ३३ वर्षीय गोपालसिंह विष्टको बुधबार मलेसियामा मृत्यु भएको छ ।
सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको हो । कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए । बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासि ढलेका र ढलेको एकछिनमै उनको मृत्यु भएको खड्काको भनाइ रहेको छ । विष्टको के कारण मृत्यु भयो भन्ने खुल्न सकेको छैन ।