अफगानिस्तानमा रहेको जापानी दूतावास कतार सार्ने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । भदौ १७, जापान सरकारले अफगानिस्तानमा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने भएको छ ।
जापानका विदेश मन्त्री तेशिमित्सु मोतेगीले अफगानिस्तानमा रहेको जापानको दूतावासको काम कतारको राजधानी दोहाबाट गराउने तयारी भइरहेको पुष्टि गर्नुभएको हो ।
त्यस्तै अफगानिस्तानबाट धेरै देशले आफ्ना नागरिक फिर्ता गराइरहेको बेला जापानले पनि दूतावासको काम अन्य देशबाट गर्ने तयारी गर्नुलाई स्वभाविक रुपमा लिइएको छ ।