अभिनेत्री निशाको आर्यघाटमा अन्तिम संस्कार

काठमाडौं । भदौ १७, नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी अभिनेत्री निशा घिमिरेको पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ ।
उनको पार्थिब शरीरलाई आज बिहीबार विहान ८ बजे देखि ९ बजे सम्म पशुपती आर्यघाटमा अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो। निशाको बुधबार बेलुका ६ बजेर ५१ मिलेटमा हस्पिटलमै उपचारको क्रममा निधन भएको हो ।
तीन वर्षअघि भारतको देहरादूनमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी अभिनेत्री निशा घिमिरेको गत जेठदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । तर, उनको स्वास्थ्य अवस्था अझै सुधार नभएको मंगलबार अस्पतालले जनाएको थियो । उनको उपचारमा ५० लाख खर्च भैसकेको समेत अस्पतालले जनाएको छ भने उनको उपचारका लागि भनेर देशबिदेशबाट आर्थिक सहयोगहरु जुटेको छ । तर, उनको निधनले सबैलाई मर्माहत बनाएको छ ।