सुनको मूल्यमा सामान्य गीरावट

सहयात्रा टिभी

काठमाडौं । भदौ १७, नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य ९० हजार ५ सय रूपैयाँमा कारोबार भएकोमा आज २ सयले घटेको हो ।

आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ५ रूपैयाँ कायम गरिएको छ ।

 

प्रकाशित : 2 September, 2021

प्रतिक्रिया दिनुहोस्