अमेरिकामा आएको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । भदौ १८, अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन नेपालीको मृत्यु भएको छ ।

न्यूयोर्कमा बस्दै आएका सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं. २ जुनवेशीका आङ गेलु लामा, उहाँकी पत्नी मिङमार शेर्पा र १९ महिनाका छोरा लोप्साङ लामाको मृत्यु भएको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जानकारी दिएको छ ।

अमेरिकामा हालसम्म ६ वटा राज्यमा भीषण वर्षा, बाढी र आँधीका कारण ४५ जनाको मृत्यु भइसकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : 3 September, 2021

प्रतिक्रिया दिनुहोस्