राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान
सहयात्रा टिभी
काठमाडौँ । भदौ २०, राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वानबैठक आह्वान गरेकी छन्।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार बैठक आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ। सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ। आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ।
सत्ता गठबन्धनका नेताहरु र सभामुख अग्नि सापकोटासँग छलफल गरेपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो।