कोभिडको कारणले बन्द मनकामना केबलकार आजदेखि खुल्यो

सहयात्रा टिभी

काठमाडौँ । भदौ २०, कोरोनाका कारण बन्द भएको मनकामना मन्दिरको केबलकार आजदेखि पुन सञ्चालनमा आएको छ । गोरखामा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको निर्णय अनुसार केबलकार सञ्चालनमा आए मनकामना दर्शन प्रालीका नायव प्रबन्धक उज्वल सेरचनले जानकारी दिए । केबलकार चढ्न जानेले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

संक्रमणको जोखिम मध्येनजर गर्दै भक्तजनलाई बाहिरबाटै पूजाको व्यवस्था मिलाइएको मन्दिरका मूलपूजारी इनसान थापाले बताएका छन् । डिसिसिएमसी गोरखाले गोरखामा निषेधाज्ञा पनि हटाएको छ ।

प्रकाशित : 5 September, 2021

प्रतिक्रिया दिनुहोस्