शेयर बजारमा उच्च अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । भदौ २०, साताको पहिलो दिन आज(आइतबार) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार बन्द हुँदा १०८ अंक भन्दा माथिले घटेको हो ।

नेप्से परिसूचक १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको छ ।

त्यस्तै बजार बन्द हुँदा ३ दशमलव ७० अंकले घटेको हो । उच्च अंकले नेप्से परिसूचक घट्दा २ दर्जन बढी कम्पनीको सेयर मूल्य अत्यधिक घटेको छ ।

 

प्रकाशित : 5 September, 2021

प्रतिक्रिया दिनुहोस्