दसैंंको बेला हिरोको मेला

काठमाडौं । भदौ २०, हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले नेपालको लागि नेपालीहरुको महान् चाड बडा दसैं २०७८ को उपलक्ष्यमा ‘दसैंंको बेला हिरोको मेला’ भन्ने नयाँ योजना ल्याएको छ ।
उत्त योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत एक लाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख रुपैयाँ नगद पाउने छन् ।
त्यस्तै सम्पूर्ण हिरो मोटरसाइकल र स्कुटरमा शुन्य प्रतिशत ब्याजमा ५० प्रतिशतसम्म फाइनान्स सुविधा पनि उपलब्ध रहेको कम्पनीले बताएको छ ।