डोल्पामा पुजा गर्ने विषयले विवाद हुँदा झडप, घाइतेको हेलिकप्टरबाट उद्धार

सहयात्रा टिभी

जाजरकोट । भदौ २०, डोल्पामा गुम्बामा पुजा गर्ने विषयमा दुई समूहबीच झडप हुँदा एक महिलासहित चार जना घाइते भएका छन् । जिल्लाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत वडा नं ४ कागकोटमा दुई समूहबीच झडप भएको हो । घाइतेमध्ये महिलाको अबस्था गम्भीर छ ।

झडपपछि भागदौडका क्रममा गाउँकार्यपालिका सदस्य पेमाछुजुङ रोकाया लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए ।

टाउकोमा चोट लागेर गम्भीर घाइते रोकायालाई फिष्टेल यएरको हेलिकप्टरबाट जिल्ला अस्पतालमा ल्याएर प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गम्भीर चोट भएकोले उनलाई काठमाडौँ रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

घाइते अन्य तीनजनाको अवस्था सामान्य भएकाले अस्पतालमा उपचार भइरहेको छ । पाण्डेका अनुसार गुम्बाको पुजा एक समूहले पहिला गरेको भन्दै अर्को समूहले विवाद निकालेको थियो । विवादपछिको भागदौडमा रोकाया लडेर गम्भीर घाइते भएकी थिइन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

-न्यूज कारखाना

 

प्रकाशित : 5 September, 2021

प्रतिक्रिया दिनुहोस्