नेपाली बजारमा सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ २१, नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । आइतबार सुनको मूल्य तोलामा ६ सयले बढेको थियो ।

त्यस्तै आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ९ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२३० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

 

प्रकाशित : 6 September, 2021

प्रतिक्रिया दिनुहोस्