जन्मदिनमा निर्देशक सुदर्शनको सुप्रियासँग औठि साटासाट

सहयात्रा टिभी

काठमाडौं । भदौ २१, निर्देशक सुदर्शनको आज जन्मदिन हो ।

यही मौकामा उनले लामो समयदेखिकी सुप्रियासँग औठीसाटासाट गरेका हुन्। सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुप्रियासँग एपीवान टेलिभिजनकी समाचारवाचिका हुन् । सुप्रियाले फिल्म ‘साढे सात’मा अभिनय गरेकी छन् ।

निर्देशक सुदर्शन फिल्म ‘मेरो एउटा साथी छ’बाट निर्देशनमा पाइला चालेका निर्देशक हुन् । उनले ‘धन्दा’, ‘मधुमास’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’, ‘राम कहानी’ जस्ता फिल्म निर्देशन गरेका छन् ।

सुदर्शनको नाम यसअघि सुष्मा कार्की र पुजा शर्मासँग जोडिने गरेको थियो । पछिल्लो समय यता सुष्मा र पुजा अलग–अलग बाटो लागिसकेका छन् ।

 

 

 

 

 

प्रकाशित : 6 September, 2021

प्रतिक्रिया दिनुहोस्