केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना अपडेटः ८८५ कोरोना संक्रमित आरोईसीयु र भेन्टिलेटरमा

सहयात्रा टिभी

काठमाडौं । भदौ २१, आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८५ कोरोना संक्रमितको कारणले गर्दा देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तैगरि तथ्यांक अनुसार देशभर हाल ५२३ कोरोना संक्रमितको आईसीयूमा र १६२ को भेन्टिलेटरमा गरी कुल ६८५ जना उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ८० जना आईसीयूमा र ४२ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा २ जना आइसीयूमा, बागमती प्रदेशमा २९१ जना आईसीयूमा र ९६ जना भेन्टिलेटरमा उपचारत छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ९० जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ४५ जना आईसीयूमा र ९ जना भेन्टिलेटरमा, कर्णालीमा ७ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचारत छन् भने सुदूरपश्चिम प्रदेशमा ८ जना आईसीयू र ६ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।

 

 

 

 

 

 

प्रकाशित : 6 September, 2021

प्रतिक्रिया दिनुहोस्