अब लुक्ला उड्नको लागी मोवाइल एप्सबाटै टिकट काट्न सकिने

काठमाडौं । भदौ २२, सोलुखुम्बुको तेन्जिङ हिलारी लुक्ला विमास्थल जानका लागि जहाजको टिकट अब मोवाइल एप्सबाटै उपलब्ध हुने भएको छ ।
यती मोवाइल एप्सबाट तारा एअरको टिकट उपलब्ध गराएको एअरलाइन्सले जनाएको छ ।
काठमाडौं–लुक्ला र लुक्ला–काठमाडौंका लागि टिकट उपलब्ध गराएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बरतौलाले जानकारी दिए ।