अफगानिस्तानको पञ्जशीर प्रान्त पनि तालिबानको नियन्त्रणमा

सहयात्रा टिभी

काठमाडौं । भदौ २२, एक हप्ताभन्दा लामो युद्धपछि तालिबानले अफगानिस्तानको पञ्जशीर प्रान्त पूर्णरुपमा नियन्त्रणमा लिइएको दाबी गरेको छ।

उसले पञ्जशीरको गर्भनर कार्यालय अगाडि आफ्नो झण्डा फहराइरहेको भिडियोसमेत सार्वजनिक गरेको छ। तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक वक्तव्य जारी गर्दै पञ्जशीरमाथिको जितसँगै अफगानिस्तान युद्धको दलदलबाट बाहिर निस्किएको दाबी गरेका छन्।

फ्रन्टका नेता महमद मसूदले सामाजिक सञ्जालमा एउटा अडियो सन्देश जारी गर्दै स्वतन्त्रताको लडाइँ जारी रहेकाले तालिबानविरुद्ध ‘राष्ट्रिय विद्रोह’ को आह्वान गरेका छन्। फ्रन्टले तालिबान र उसका साझेदारविरुद्धको संघर्ष जारी रहेको आफ्नो ट्विटर ह्याण्डलमा उल्लेख गरेको छ। एजेन्सीको सहयोगमा ।

प्रकाशित : 7 September, 2021

प्रतिक्रिया दिनुहोस्