भूकम्पले ध्वस्त बनाएको काष्ठमण्डपको पुनःनिर्माण कार्य अन्तिम चरणमा

काठमाडौं । भदौ २२, वि.सं. २०७२ साल वैशाख १२ गते गएको विनाशकारी माहाभूकम्पले ध्वस्त बनाएको बसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको निर्माण कार्य अन्तिम चरणमा लगभग पुगिसकेको छ ।
सातौं शताब्दीमा बनेको काष्ठमण्डप पुनर्निर्माणको काम मौलिकएतिहास झल्काउने प्रविधिकै प्रयोगबाट भैरहेको छ । सातौं शताब्दीमा बनेको सम्पदामा मौलिक प्रविधिकै प्रयोग गरेर झिंगटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए । हालसम्म यो सम्पदाको पुनर्निर्माणका लागि ११ करोड ५० लाख रुपैयाँ खर्च गरिएको बताईएको छ ।
त्यस्तै काष्ठमण्डपमा काठैकाठको प्रयोग, झिंगटीको छाना, चारकुने इट्टाका गारा, लेसाइलो माटोको लिपाई र मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना थियो । करिव १९ करोड रुपैयाँ लागत अनुमान गरिएको ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काण्ठमण्डपको पुनर्निर्माणको काम अब छिट्टै सम्पन्न गर्ने समितिको योजना रहेको छ । एजेन्सीको सहयोगमा ।