९ कम्पनीहरु कालोसूचीमा

सहयात्रा टिभी

काठमाडौं । भदौ २३, सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ।

कालो सूचीमा पर्नेहरुमा जनकपुरको श्री लर्ड शिवा जेनरल सप्लायर्स, नुवाकोटको श्री जिकेररेहान एन्ड सुन्दरा जेभी, काठमाडौंको नेपालय आर्किटेड एन्ड बिल्डर्स प्रालि, सुनसरीको श्री नुरानी कन्स्ट्रक्सन, झापाको श्री फ्रेन्ड्स अर्विट कन्स्ट्रक्सन सर्भिसेस, नुवाकोटकै श्री जलदेवी निर्माण सेवा, सोलुखुम्बुको भंगेरी निर्माण सेवा, दैलेखको श्री न्यु बेलासपुर कन्स्ट्रक्सन र ललितपुरको साथीभाइ निर्माण सेवा रहेका छन्। एजेन्सीको साथमा ।

सूची:

प्रकाशित : 8 September, 2021

प्रतिक्रिया दिनुहोस्