मेक्सिकोमा ७.० म्याग्निच्यूडको भूकम्प
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । भदौ २३, मेक्सीकोमा शक्तिशाली भूकम्प गएको छ ।
मेक्सीकोको दक्षिण पश्चिम इलाकामा ७.० म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्व मापन केन्द्रले बताएको छ ।
त्यस्तै लस अर्गानोस डी स्यान अगस्टिनको पूर्व–उत्तर–पूर्वमा ४ किलोमिटर पर, अका पुल्कोको प्यासिफिक बिच रिसोर्ट सिटीभन्दा लगभग ८ माइल पर आएको हो । गहिराई मापन गर्दा प्रारम्भमा ७.८ माइल गहिराइमा उक्त भूकम्प मापन गरिएको थियो । भूकम्पपछि सुनामीको चेतावनीसमेत दिइएको राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासनले जानकारी दिएको छ ।