आज दर खाने दिनमा अभिनेत्री ऋचाले छोरा जन्माईन्

काठमाडौं । भदौ २३, अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन्।
आज बिहान ७ बजेर ५२ मिनेटमा काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा अपरेसनपछि उनले छोरालाई जन्म दिएकी हुन्। ऋचा र उनका छोरा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्। भिसा गर्ल, लुट, टलकजंग भर्सेस टुल्के, उमाजस्ता फिल्मकी अभिनेत्री ऋचा पछिल्लो समय कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा निर्णायकको भूमिकामा थिइन्।