पोखरामा डिशहोम फाईबर नेटको औपचारिक सुरुवात

सहयात्रा टिभी

पोखरा । भदौ २३, डिश मिडिया नेटवर्क लि. (डिश होम) ले पोखरामा डिशहोम फाईबर नेटको औपचारिक सुरुवात गरेको छ।

आज भाद्र २३ गते नयाबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रा.लिमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष्य श्री नारायण कोइराला ज्युबाट समुद्घाटन सम्पन्न भएको छ।

डिशहोमका तर्फवाट यरिया सेल्स मेनेजर, सेल्स अफिसर, टेक्निकल व्यक्तित्वहरु, विभिन्न संचार माध्यमका पत्रकार साथीहरु, डिलर दाइहरु, स्थानीय समाजसेवी, बुद्दिजिविहरु सहभागी उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रा लि का अध्यक्ष श्री अम्बिका मोहन भट्टराईले डिशहोम फाईबर नेटको औचित्य बारे प्रस्ट पार्नुभयो।

उहाँले भन्नुभयो – “डिसहोमले ईन्टरनेटमा गरेको लगानीले अब नेपालमा ईन्टरनेट क्रान्ती शुरु भयो।”

सस्तो सर्भासुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुबिधा सहित आजबाट जडान हुनेछ भने १० Mbps देखि ग्राहक को रोजाइ अनुसार १०० Mbps सम्मको प्याकेज उपलब्ध रहेको छ।

सहरी एरियामा सुरु गरेको डिशहोम फ़ाईबर नेट आफ्नो सेवा लाइ ग्रामिण एरियाका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिशहोमका यरिया सेल्स मेनेजर प्रदिप सुबेदीले जानकारी गराउनुभयो।

डिशहोम फ़ाईबर नेट संगै अन्य सेवा पनि छिट्टै सुरु हुने कुरा जानकारी गराउनुभयो। यो सगै अब ईन्टरनेटको समस्याले कुनैपनी नागरिक बन्चित हुनु नपर्ने भएको छ । भट्टराई एण्ड ब्रदर्स प्रा लीले डिसहोम, डिसहोम फाइबर नेटइन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको बिक्री वितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार बिस्तार जमाएको छ ।

 

प्रकाशित : 8 September, 2021

प्रतिक्रिया दिनुहोस्