प्रतिनिधिसभा बैठक सुरु

सहयात्रा टिभी

काठमाडौं । भदौ २३, प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट बैठक आह्वानका लागि जारी भएको पत्र पढेर सुनाएका थिए । अहिले एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको तर्फबाट धारणा राखिरहेका छन् ।

आजको बैठकमा केही अध्यादेशहरु प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेश लगायत कार्यसूची हुनेछन् ।

प्रकाशित : 8 September, 2021

प्रतिक्रिया दिनुहोस्