एक सय ६० पर्वतारोहीले लिए हिमाल आरोहणको अनुमति

सहयात्रा टिभी

काठमाडौं । भदौ २४, हिमाल आरोहणको शरद सिजन सुरु हुन लाग्दा एक सय ६० जनाले पर्वतारोहण अनुमति लिएका छन् ।

११ साउनदेखि २१ भदौसम्म उक्त संख्याका पर्वतारोहीले नेपाली हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।

त्यस्तै सन् २०१९ डिसेम्बर अन्तिम (पुस ०७६) देखि सुरु भएको कोरोना महामारीका कारण हिमाल आरोहण ठप्पजस्तै छ ।
२०७६ सालको शरद सिजनमा एक सय ४३ वटा समूहका एक हजार ७४ आरोहीले नेपाली हिमाल आरोहण गरेका थिए । ०७७ सालका वसन्त र शरद दुवै सिजनमा हिमाल आरोहण ठप्प रह्यो ।

यस वर्ष पनि कोभिड–१९ महामारी कायम रहेकाले पर्वतारोहीको संख्या बढ्न नसकेको पर्यटन विभागले जनाएको छ ।

सन् २०१९ मा एक हजार नौ सय २१ टिमले पर्वतारोहण अनुमति लिएका थिए, जसमा आठ हजार दुुई सय दुुई आरोही थिए । त्यसवापत भने ५६ करोड ८२ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागको तथ्यांक छ ।

सन् २०२० मा एक सय ५३ वटा टिमका चार सय ४७ जनाले हिमाल आरोहण गरेका थिए । त्यस वर्ष १४ करोड ९७ लाख ९० हजार रुपैयाँ मात्र रोयल्टी प्राप्त भएको थियो ।

यस्तै, सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ जना पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२० मा त्यो संख्या दुुई लाख ३० हजार ८५ थियो । सन् २०२१ को अगस्टसम्म ४०–५० हजार पर्यटक भित्रिएको उनले जानकारी दिइन् ।

 

प्रकाशित : 9 September, 2021

प्रतिक्रिया दिनुहोस्