दशैं तिहारको अवसरमा सहुलियत पसल सञ्चालन

सहयात्रा टिभी

काठमाडौं । भदौ २४, नेपाल सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशका ३९ स्थानमा कात्तिक २४ गतेसम्म सञ्चालन गर्ने सहुलियत पसलमा छुटसहित खाद्यवस्तुको बिक्री गर्ने भएको छ ।

सोअनुसार मोटारमसिनो चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुने , सिमी र फापर प्रतिकिलो १० रुपैयाँ, नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ छुट पाइने मन्त्रालयले जनाएको छ ।

त्यस्तै खसीबोका प्रतिकिलो १० रुपैयाँ र दुग्ध संस्थानमार्फत बिक्री हुने घ्यू, दुध र पनिरमा पनि छुट हुँनेछ ।

प्रकाशित : 9 September, 2021

प्रतिक्रिया दिनुहोस्