केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उच्च रक्तचाप नियन्त्रण गर्ने खानै पर्ने यी ५ खाना

सहयात्रा टिभी

काठमाडौं । भदौ २५, उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । विभिन्न कारण रक्तचाप बढ्न थाल्छ । उमेर, लिङ्ग, आनुवंशिकता, मोटोपन, व्यायाम कम गर्नु र दुग्ध पदार्थहरुले उच्च रक्तचापको समस्या बढाउँछ ।

लक्षणबिनाको रक्तचापको समस्याले रक्तनली, मष्तिष्क, हृदय, आँखा र मिर्गौलालाई गम्भीर असर पुर्याउँछ । धेरै नुन, बेकिङ सोडा, सोडियम बाइकार्बोनेट जस्ता चिज प्रयोग भएको खानेकुरा खानुहुँदैन । मोनोसोडियम ग्लुटोमेट अजिनोमोटो जस्ता स्वाद बढाउने खानेकुरा पनि खानुहुँदैन । चीज, बटर, आलुको चिप्स, नुनिलो नट्स, नुनिलो पपकोन, नुनिलो स्न्याक जस्ता खानेकुरा पनि खानुहुँदैन ।

उच्च रक्तचाप नियन्त्रण गर्ने खानै पर्ने यी ५ खाना निम्न प्रकारका छन्ः

अमिलो फलफूल
अंगुर, सुन्तला र कागती जस्ता अमिला फलफूलमा भिटामिन, एन्टिअक्सिडेन्ट र मिनरल जस्ता पोषक तत्वहरु पाइन्छन् । यसले रक्तचाप नियन्त्रण गर्छ ।

पालक र ब्रोकाउली
विभिन्न मेटाबोलिक रोगहरु कम गर्न हरिया सागसब्जीको महत्वपूर्ण भूमिका रहन्छ । यसमा एन्टिअक्सिडेन्ट, पोटाशियम, क्याल्शियम, म्याग्नेशियम आदि पोषक तत्वहरु पाइन्छ ।

बिन्स र दाल
गेडागुडी र दालमा फाइबर, म्याग्नेशियम र पोटाशियमको मात्रा भरपुर हुन्छ । अध्ययनका अनुसार गेडागुडी र दालको सेवनले उच्च रक्तचापको स्तर कम गर्न मद्दत गर्छ ।

फर्सीको बियाँ, चिया सिड
यसमा म्याग्नेशियम, पोटाशियम, आर्जिनिन र अमिनो एसिड जस्ता पोषक तत्वहरु पाइन्छन् । यसले रक्तनलीहरुलाई शान्त रहन र उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

बेरी
ब्लुबेरी, रस्पबेरी र स्ट्रबेरी जस्ता बेरीहरु रक्तचाप नियन्त्रण गर्न निकै फाइदाजनक मानिन्छ ।

 

प्रकाशित : 10 September, 2021

प्रतिक्रिया दिनुहोस्