अर्जेन्टिनाद्धारा बोलिभिया पराजित, मेस्सीको ह्याट्रिक

काठमाडौं । भदौ २५, स्टार खेलाडी लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ ।
शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको ३ गोलसँगै बोलिभियालाई ३–० गोल अन्तरले पराजित गरेका हो ।
कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिनाले घरेलु मैदानमा पहिलो खेल खेलेको हो । मेस्सीले १४,६४ र ८८औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे । पहिलो गोल मेस्सीले लियान्द्रो पराडेजको पासमा गरेका थिए । दोस्रो गोल एकल प्रयासमा सम्भव भयो भने तेस्रो गोल बोलिभियाको गोलरक्षकको रिबाउण्डमा सम्भव भएको थियो ।
जितसँगै कतार विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ ।