मोैसम जानकारीः सोमबारसम्म मौसम बदली हुने

काठमाडौं । भदौ २७, सोमबारसम्म मौसम बदली भए तापनि ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
मौसमविद् समिर श्रेष्ठका अनुसार ३ दिनसम्म मौसम सफा नरहे पनि ठूलो वर्षाको सम्भावना छैन । मनुसन भने अक्टोबर पहिलो सातासम्म नै सक्रिय रहनेछ ।
हाल नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापिय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू-भागमा अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।
साथै मनसुन न्यून चापिय रेखा औसतभन्दा दक्षिण तर्फ रहेको छ । देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आइतबार दिउँसो देशको अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सोमबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।