मदनकृष्ण श्रेष्ठ र सरोज खनालको ‘जीवनको पाना’ गीत सार्वजनिक

काठमाडौं । भदौ २७, अभिनेता सरोज खनालको परिकल्पना र राज केसीको निर्देशनमा तयार म्युजिकल ड्रामा ‘जीवनको पाना’ रिलिज गरिएको छ ।
मदनकृष्ण श्रेष्ठको आवाज रहेको यस गीतको रचना बमबहादुर श्रेष्ठले गरेका हुन् भने संगीत सन्तोष श्रेष्ठले दिएका छन् ।
मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, लक्ष्मणप्रसाद अधिकारी लगायतको अभिनय रहेको यस म्युजिकल ड्रामा (म्युजिक भिडियो)मा रमण घिमिरेको कविता र सरोज अभिनित विभिन्न फिल्मका दृश्यांश समावेश छन् ।
हेरौं गीतको भिडियोः