नेपाली साहित्यकार विश्व सञ्जालद्वारा १५६ औँ मोती जयन्तीको अवसरमा विश्व व्यापी गजल प्रतियोगिता सम्पन्न

काठमाडौं । भदौ २७, विश्वभर छरिएर रहेका नेपालीभाषी साहित्यकारहरूलाई नेपाली साहित्यकार नामक संजालले फेसबुक मार्फत यौटै छाता मुनि जोडेर नेपाली भाषा साहित्य, कला र सँस्कृतिको विकासका लागि सिर्जना र सर्जकको सम्मानको संस्कार पुस्तान्तरण गर्न सहयोग गरिरहेको छ।
यसै क्रममा भाद्र २२ गते मङ्गलबार १५६ औँ मोती जयन्तीका दिन जुम प्रविधिको प्रयोग गरेर विश्वव्यापी गजल प्रतियोगिता –२०७८का साथै सम्मान र गजल वाचन कार्यक्रम गरेर भव्य रुपमा मनाएको छ।
कार्यक्रमको सभाध्यक्षता गरेका कार्यक्रम संयोजक तथा सहजकर्ता कवि तथा गजलकार स्पन्दन विनोदले दुई शत्रमा कार्यक्रम चलाएका थिए।उनी नेपाली साहित्यकार विश्व सञ्जालका परिकल्पनाकार पनि हुन्।
वरिष्ठ गजलविद् गजलविद्वच्छिरोमणि डा. घनश्याम न्यौपाने परिश्रमीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजल विज्ञ डा. कृष्णहरि बराल, वरिष्ठ साहित्यकार तथा गजलविद् डा.नारायण गैरे र वरिष्ठ साहित्यकार तथा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी विशिष्ट अतिथि रहेका थिए।
त्यस्तै नेपाली राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रम १५६ औँ मोती जयन्तीको अवसरमा मोती प्रति श्रद्धा पुष्प अर्पण गरेर सुरुवात गरिएको थियो। कार्यक्रम संयोजन सहयोगी कवि कमला महतले स्टेज र सामाजिक संजालमा उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो।
कार्यक्रमको पहिलो शत्रमा विश्वव्यापी गजल प्रतियोगितामा छनोटमा परेका उत्कृष्ट २५ गजलकारहरूले वाचन गरेका थिए भने दोश्रो शत्रमा नेपाली साहित्यकार विश्व सञ्जाल पाठशालामा अभ्यासरत गजलकारहरूले विश्वव्यापी गजल प्रतियोगितामा प्रतियोगी गजल वाचन गरेका थिए।
वरिष्ठ साहित्यकार तथा गजल विद् हुसेन खाँ, वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी र वरिष्ठ साहित्यकार तथा गजल विज्ञ बूँद राना रहेको निर्णायक टोलीले गजलबाट ८५% र वाचनबाट १५% गरेर निर्णय आयोजकलाई दिएका थिए। आयोजकले निर्णायकको निर्णयमा कुनै पनि हस्तक्षप नगरी नतिजा सार्वजनिक गरेका थिए।
प्रतियोगिताबाट गजलकार मिलनकुमार ढुङ्गाना (नेपाल) प्रथम, गजलकार जगत बहादुर खड्का (रोमानिया) द्वितीय, गजलकार सुमित्रा सुमि (नेपाल) तृतीय पुरस्कार प्राप्त गर्न सफल भए भने बेहोशी कृष्ण कार्की (मलेसिया) र प्रकाश पाण्डे (अमेरिका) सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
बुबा भानुभक्त भट्टराईको सम्झनामा नारायण भट्टराई द्वारा यशुभानु संगीत तथा साहित्य प्रतिष्ठानमा स्थापित भानुभक्त भट्टराई स्मृती सम्मान पुरस्कार सहित प्रथमलाई ३००$ र द्वितीयलाई २००$ प्रायोजन गर्नुभएको थियो भने चन्डी प्रकाश योङ्याद्वारा प्रायोजित तृतीय पुरस्कारको राशी १००$, नेपालका सफल व्यवसायी अशोक अधिकारीद्वारा प्रायोजित सान्त्वना पुरस्कारको राशी (दुईजना) १००$ रहेको थियो ।
प्रथम विजेतालाई ३००$ र दोस्रोलाई २००$ सहित ‘भानुभक्त भट्टराई स्मृती सम्मान’, तेस्रोलाई १००$ र सान्त्वना २ जनालाई ५०$/५०$सहित मोती जयन्ती सिर्जना सम्मान–२०७८, उत्कृष्ट २५ लाई ‘मोती जयन्ती सिर्जना सम्मान–२०७८’, प्रायोजकलाई ‘मोती जयन्ती प्रोत्साहन सम्मान–२०७८ र निर्णायकलाई ‘मोती जयन्ती साधना सम्मान–२०७८’ ले सम्मान गरियो। प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई मायाको चिनोले सम्मान गरिएको थियो ।
यसै गरि विद्या महत, कुमार शर्मा द्वारा नेपाली साहित्यकार विश्व सञ्जालको पाठशालामा अभ्यासरत गजलहरूलाई प्रोत्साहन स्वरुप, प्रोत्साहन पुरस्कार जनही २५$ र मोती सिर्जना सम्मान –२०७८ सहित चार गजलकारहरूलाई पुरस्कृत गरेका थिए।जसमा दुर्गा क्षेत्री (नेपाल),तोयानाथ सुवेदी (नेपाल), जानुका गुरागाईं (नेपाल) र नानीमाया सुनुवार (नेपाल) पुरस्कृत भएका थिए। यसैगरी गजलकार लालकाजी श्रेष्ठको गजलबाट प्रभावित भएर नेपाली साहित्यकार विश्व सञ्जालको तर्फबाट गजलकार कुमार शर्माले ५०$ पुरस्कार प्रायोजन गर्नुभएको थियो।
आदि गजलकार मोतिराम भट्टको १५६ औँ जयन्ती विशेष कार्यक्रमलाई करिब ६ घण्टा लामो सञ्चालन कवि तथा गजलकार स्पन्दन विनोदले गर्नुभएको थियो । दोस्रो सत्रको केही समय साहित्यकार कमला महतले पनि सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो।
कार्यक्रममा उत्कृष्ट २५ गजलकारले गजल वाचन गरेका थिए । उक्त कार्यक्रममा गजल वाचन गर्नेमा करिब ५०जना गजलकारहरूको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रम करिब ६ घण्टा लामो चलेको थियो।
गजल वाचन गर्नेमा
१.ईश्वर थापा क्षेत्री
२.जगत् बहादुर खड्का
३.रामशरण न्यौपाने
४.धर्मिला कार्की
५.तिलक पौडेल जिज्ञाशु
६.भवानी न्यौपानै भावना
७.मिलन कुमार ढुंगाना
८.बेहोसी कृष्ण कार्की
९.सृजना ढकाल
१०.किशोर कोइराला
११.सुमित्रा सुमी
१२.रमेश रशिक
१३.दिपक पौडेल
१४.दीप मिलन
१५.सन्तोष सुवेदी
१६.आँचल कुमार शर्मा
१७.यज्ञलाल सुवेदी
१८.निर्दोष शिव
१९.रेजिना अपगाईँ
२०.प्रकाश पाण्डे
२१.परिविक्रम
२२.रोहीत कुँवर
२३.शावित्री न्यौपाने पौडेल
२४.अन्जान यात्री
२५.लालकाजी श्रेष्ठ
२५.गंगा आचार्य सापकोटा
समान अंक प्राप्त गर्नु भएका कारण २६ जना छनोटमा पर्नुभएको थियो। यसैगरि प्रतियोगितामा भाग लिएका नेपाली साहित्यकार विश्व सञ्जाल पाठशालाबाट निम्न गजलकारहरूले आफ्नो प्रतियोगी गजल वाचन गरेका थिए।
१.हरिशरण खतिवडा
२.भगवती दवाडी
३.छत्रपति दाहाल
४.सुशीला ढकाल अधिकारी
५.नानीमाया सुनुवार
६.देवी पन्थी
७.जानुका गुरागाईँ
८.शिवराम भट्ट
९.तारा घिमिरे
१०.ध्रुर्व प्रसाद गजुरेल
११.दुर्गा क्षेत्री
१२.सिर्जना खनाल
१३.अग्नी प्रसाद पराजुली
१४.अजीव अर्याल
१५.मन्दा पौडेल
१६.विमुन्स पौडेल
१७.बालकुमारी घिमिरे
१८.अनु विज्ञाति
१९.तोयानाथ सुवेदी
प्रमुख अतिथि डा. घनश्याम न्यौपाने परिश्रमीज्यूले – नेपाल प्रज्ञा प्रतिष्ठानले समेत यस्तो शुद्ध गजल कार्यक्रम गर्न नसकेको अवस्थामा नेपाली साहित्यकार विश्व सञ्जालले सम्पन्न गरेकोमा स्पन्दन विनोद लगायत सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्नु भयो।
मोतिराम भट्टका योगदानहरूको चर्चा गर्दै स्पन्दन विनोदले गजलको विकासका लागि पाठशाला खोलेर निरन्तर प्रशिक्षण दिने वातावरण मिलाएर मोतिराम भट्टकै पथ अँगालेको चर्चा गर्नुभयो। गजलको लयगत वा बहर बारेको सचेततामा कमि भैरहेको बेलामा यसरी बहर बद्ध उत्कृष्ट गजल आउनु बहर बद्ध गजलको सुनौलो भविश्य हो।
एउटा नमुना र भव्य अन्तर्राष्ट्रिय ऐतिहासिक कार्यक्रम चलाएकोमा स्पन्दन विनोदको अत्यन्त सह्राना गर्नु भयो। साँच्चै कार्यक्रम कस्तो हुनु पर्छ? भन्ने कुरा सबैले यही बाट सिक्न जरुरी छ भन्दै विशिष्ट अतिथि गजल विज्ञ डा. कृष्णहरि बरालले भन्नु भयो। राष्ट्रको प्रमुख अङ्गले गर्न नसक्ने काम गरेकोमा धेरै धन्यवाद दिनु भयो।
त्यस्तै विशिष्ट अतिथि वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले पनि यो उत्कृष्ट कार्यको खुलेर प्रशंसा गर्नु भएको थियो। विशिष्ट अतिथि वरिष्ठ साहित्यकार तथा गजल विद् डा.नारायण गैर भन्नुहुन्छ म यो कार्यक्रममा नआएको भए मैले धेरै मननयोग्य कुराहरू छुटाउने रहेछु। गजल विकाशका लागि भएको यस्तो कार्यको कसरी प्रशंसा नगरी बस्न सकिन्छ।
गजलको आन्तरिक र बाह्य संरचना कस्तो हुनु पर्छ भनेर जान्ने सुनौलो अवसर हो। प्रज्ञा प्रतिष्ठानले समेत अनुसरण गर्नु पर्ने कार्य भएको छ । यस्तो उत्कृष्ट कार्यक्रम निरन्तर चलिरहोस् भन्दै यस्तो सम्मान योग्य कार्य गर्ने नेपाली साहित्यकार विश्व सञ्जाल र कवि तथा गजलकार स्पन्दन विनोदको खुले, प्रशंसा गर्नु भयो।
चारु राग विरागका प्रवर्तक वरिष्ठ साहित्यकार देवी पन्थीले चारु प्रतिष्ठानले स्पन्दन विनोदलाई आधुनिक मोतिराम भट्ट अलंकारले विभूषित गर्ने घोषणा दोहो¥याउनु भयो।
कार्यक्रमलाई कुमार शर्माले प्राविधिक संयोजन गर्नुभएको थियो । यस्ता कार्यक्रमहरूले नेपाली भाषामा साहित्य सिर्जना गर्ने जो कोहीलाई पनि अत्यन्त हौसला र ऊर्जा थप्ने भएका कारण यस्ता कार्यहरूलाई आगामी दिनमा निरन्तरता दिने नेपाली साहित्यकार विश्व सञ्जालका परिकल्पनाकार कवि तथा गजलकार स्पन्दन विनोदले जानकारी दिए।