असोज १ गतेदेखि शैक्षिक संस्था सञ्चालन

सहयात्रा टिभी

काठमाडौं । भदौ २७, कोभिड को कारणले गर्दा बन्द हुदै आएका शैक्षिक शत्र सञ्चालन सुरु हुने जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

स्वास्थ्य कार्यालय, स्थानीय प्रशासन, स्थानीय तह र एकाइको समन्वयमा विद्यालय खोलेर भौतिक रुपमा पठनपाठन गर्न लागिएको हो । विद्यालय सञ्चालन गर्दा पर्याप्त मात्रामा साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उनले जानकारी दिए । उनले भने, विद्यार्थीले माक्स र फेस सिल्ड आफैले व्यवस्था गर्नुपर्ने हुन्छ ।

असोज १ गते कक्षा ९ देखि १२ सम्म भौतिक रुपमा सञ्चालन गर्ने, त्यसपछि एक हप्ताको अवस्थाका आधारमा कक्षा ६ देखि ८ सम्म र बालविकास कक्षादेखि कक्षा ५ सम्म क्रमशः भौतिक रुपमा उपस्थित भई विद्यालय सञ्चालन गरिने जनाइएको छ । एक एक हप्ताको फरकमा अवस्था हेरेर भौतिक रुपमा कक्षा सञ्चालन गर्न लागिएको हो ।

विद्यार्थी न्यून भएका आधारभूत विद्यालयमा अवस्था हेरी आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गरिने उनले जानकारी दिए । एउटा कक्षा/सिफ्ट/समूहका विद्यार्थी बाहिरिने र अर्को भित्रने समयावधि आधा घण्टा राखी विद्यालय सञ्चालन गरिने उनको भनाइ छ ।

ज्वारो आउने, जिउ दुख्ने जस्ता कोभिडको लक्षण देखिएका विद्यार्थी र शिक्षकको तत्काल एन्टिजेन परीक्षणका लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै विद्यालय सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

 

प्रकाशित : 12 September, 2021

प्रतिक्रिया दिनुहोस्