सुमो दुर्घटनामा परी एकको मृत्यु, ९ जना घाइते

काठमाडौं । भदौ २७, ओखलढुङ्गामा टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
बा११च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य नौ जना घाइते भएको उहाँको भनाइ छ । घाइते हुनेमा दुई महिला, चार नाबालक र चालकसहितका अन्य पुरुष रहेका छन् ।
घाइतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ । सिद्धिचरण नगरपालिकाको निशङ्खे हुँदै मानेभञ्ज्याङ–१ मोलीको बाटो भएर काठमाडौंका लागि छुटेको सुमोमा १० व्यक्ति सवार थिए ।