केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना अपडेटः थप ९११ संक्रमित, १३ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । भदौ २७,  पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ९ सय ११ संक्रमित थपिएका छन् ।

११ हजार १८ जनाको परीक्षण गर्दा ९ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा १३ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ ।

गत २४ घण्टामा १४ सय २३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर हाल कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ ।

 

प्रकाशित : 12 September, 2021

प्रतिक्रिया दिनुहोस्