अब छात्रछात्रा सँगै बसेर पढ्न नपाउने

सहयात्रा टिभी

काठमाडौं । भदौ २८, अफगानिस्तानका विश्वविद्यालयमा महिला तथा पुरषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ ।

शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरुषसँगै अध्ययन गर्न नपाउने बताए ।

त्यस्तै छात्र र छात्राका लागि छुट्टै कक्षा सञ्चालन गर्न पर्याप्त स्रोत साधनको अभाव भएकाले पछिल्लो नीति कार्यन्वयन हुनेमा धेरैले आशंका गरेका छन् ।

महिलालाई शिक्षाबाट वञ्चित गर्ने प्रयासस्वरुप तालिवानले पछिल्लो कदम चालेको हुन सक्ने केहीको भनाई छ ।तर, शिक्षामन्त्री हक्कानीले आफूहरुसँग पर्याप्त महिला शिक्षिका भएकोले अलग पढाउन कुनै समस्या नहुने दाबी गरेका छन् ।

 

प्रकाशित : 13 September, 2021

प्रतिक्रिया दिनुहोस्