बानेश्वरको निर्माणाधीन आकाशे पुल अझैँ अलपत्र

काठमाडौं । भदौ २८, तीन वर्ष अघि काठमाडौंको नयाँ बानेश्वर चोकमा बढी पैदल यात्रुको चहलपहल हुने भएपछि आकाशे पुल बनाउने योजना अघि सारेको थियो ।
आकाशे पुल निर्माणका लागि डिभिजन कार्यालय काठमाडौं र प्राकृतिक÷पवन÷जेभीसँग २०७५ चैत २५ गते नै ठेक्का सम्झौता भयो।
सम्झौता अनुसार आकाशे पुल २०७६ पुस मसान्तसम्म निर्माण पूरा भइसक्नुपर्ने हो। तर‚ म्याद सकिएको आठ महिना भइसक्दा पनि निर्माण सकिएको छैन। २०७८ जेठ २६ गते क्रेनको सहायताबाट पुलको ट्रष्ट राखिएपछि कुनै काम भएको छैन।