अलैंचीको भाउ बढ्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ २८, केहि बर्ष देखि घटदै आएको अलैंचीको भाउ बजारमा बढेको छ ।

अलैचिको को भाउ १ लाख सम्म पुगेर पनि २० हजार मा झरेको किसान हरु बताउछन् । नयाँ उत्पादन सुरु संगै बजार भाउ पनि बढेको छ । पछिल्लो केही वर्षयता निरन्तर घटिरहेको मूल्य सोचे भन्दा राम्रो आएकोले किसानहरु उत्साहित बनेका छन् ।

अब अलैंचीको भाउ बढेको मा किसान हरु खुसिका साथ आफनो ब्यवसाय सञ्चालन गर्ने भएका छन । केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैंचीको मूल्य प्रतिमन ३२ हजारदेखि ३५ हजारसम्ममा खरीद बिक्री भइरहेको छ । अलैचीको मूल्य गत वर्ष भन्दा १२ हजारदेखि १४ हजारसम्म बढेको किसानले जनाएका छन् ।

सिजनको सुरूमै राम्रो मूल्य आएकाले यो बर्ष भरी नै अलैचीले मूल्य पाउने किसान तथा व्यवसायीले अपेक्षा राखेका छन् ।

प्रकाशित : 13 September, 2021

प्रतिक्रिया दिनुहोस्