इरानमा भुकम्पको झटका

काठमाडौं । भदौ २८, इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ । तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भू-भागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् ।
भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट अहिलेसम्म कुनै धन र जनको क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।
–रासस/एएनआई