केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना अपडेटः थप १४८६ जनामा कोरोना संक्रमण

सहयात्रा टिभी

काठमाडौं । भदौ २८, कोरोना बढ्न थाले पछि पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२६० रहेको छ र संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ।

हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६७२ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रकाशित : 13 September, 2021

प्रतिक्रिया दिनुहोस्