अफगानिस्तानको पन्जशिरमा २० सर्वसाधारणको हत्या

सहयात्रा टिभी

काठमाडौँ । भदौ २९, अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन् ।

सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको हो । हालै सार्वजनिक भएको एउटा भिडियो फुटेजमा एक व्यक्तिलाई तालिवान लडाकुहरूले घेरेर गोली हानेको देख्न सकिन्छ । त्यस्तै, तालिवानले अर्का एक दुई सन्तानका पिताको पनि हत्या गरेका छन् ।

युद्धसँग आफ्नो कुनै स्वार्थ नरहेको बताएका अब्दुल सामीलाई तालिवानले हत्या गरेका हुन् । तालिवानले उनीमाथि विद्रोहीलाई सहयोग गरेको आरोप लगाएको छ ।

पन्जशिर उपत्यकामा समाचार संकलन कार्यमा ज्यादै कठिन रहेको बीबीसीले जनाएको छ । गत साता पन्जशिरमा त्यहाँका विद्रोही र तालिवानबीच भीषण युद्ध भएको थियो । युद्धपछि पन्जशिर आफ्नो नियन्त्रणमा रहेको तालिवानले दाबी गर्दै आएको छ ।

प्रकाशित : 14 September, 2021

प्रतिक्रिया दिनुहोस्