यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । भदौ २९, हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ।
मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ। हाल प्रदेश नं १, प्रदेश नं २ र सुदुर पश्चिम प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली सहित थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ भने वाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।
त्यस्तै प्रदेश १, प्रदेश २ र सुदुर पश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली सहित थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ भने बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ । आज देशभर सामान्य बदली भएर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि सामान्य बदली रही मेघगर्जन हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने छ ।
मंगलबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रही बाग्मती, गण्डकी प्रदेशका केही र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बुधबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशभर सामान्य बदली रही प्रदेश नं १ , प्रदेश नं २ र वागमती प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका केही भूभागमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विहीबार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।