भारतमा २४ घण्टामा थप २५ हजार संक्रमित थपिए

काठमाडौं । भदौ २९, छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ कोरोना संक्रमित थप भएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोहि अवधिमा ३७ हजार १२७ जना संक्रमणमुक्त भएका छन् भने ३३९ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म भारतमा ३ करोड ३२ लाख ८९ हजार भन्दा धेरैलाई कोरोना संक्रमण हुँदा ३ करोड ६२ लाख भन्दा धेरै संक्रमणमुक्त भएका छन् ।