दशैँको लागी नयाँ नोट साट्न असोज ४ देखि पाईने

काठमाडौं । भदौ २९, दशैँको लागी नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो ।
त्यस्तै कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी राष्ट्र बैङ्कले दशैँ आउनुभन्दा झन्डै तीन साता अगाडिबाट नोट सटही गर्ने तयारी गरेको हो ।