भाइरल ज्वरो बढ्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ २९, देशभर बिभिन्न ठाउँहरुमा भाइरल ज्वरोले मानिसलाई ग्रस्त पारेको छ । कोरोनापछि भाइरल ज्वरो आउनेको संख्या बढिरहेको पाइन्छ ।

 

यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । केही दिनदेखि डोटी जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले बिरामीको सङ्ख्या बढेकोे स्वास्थ्य सस्थाले जनाएका छन् ।

जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले अस्पतालमा दैनिक १० देखि १५ ज्वरोका बिरामी उपचारका लागि आउने गरेकोे जानकारी दिए । यस्तो अवसथामा शर्तक रहनको लागि चिकित्सको सल्लाह रहेको छ ।

प्रकाशित : 14 September, 2021

प्रतिक्रिया दिनुहोस्