नेपालको राष्ट्रिय जनगणना २०७८ को तयारी

काठमाडौं । भदौ २९, जिल्ला जनगणना कार्यालयले ‘राष्ट्रिय जनगणना २०७८’ को सुपरीवेक्षकको तालिम सम्पन्न गरेको छ ।
त्यस्तै स्थानीय तहमा जनगणना कार्यालय स्थापनको काम सम्पन्न भइसकेको छ भने सात पालिकामा सुपरीवेक्षक बुधबारदेखि खटिँदैछन् ।
कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार यही भदौ ३० देखि असोज १८ गतेसम्म सुपरीवेक्षकले स्थलगतरूपमा सूचीकरण गर्नेछन् ।
यसका लागि भरतपुर महानगरपालिकामा १०७, रत्ननगरमा ३०, खैरहनीमा १९, राप्तीमा १७, कालिकामा १५, माडीमा १३ र इच्छाकामना गाउँपालिकामा नौ सुपरीवेक्षक खटिने छन् ।
आगामी असोज १० गते जिल्लामा जनगणनका लागि ८५७ गणकको नतिजा सार्वजनिक हुनेछ ।
राष्ट्रिय जनगणना देशको राष्ट्रिय आँकडा लिने तरिका हो। नेपालमा व्यवस्थित र प्रणालीगत रूपले जनगणना गर्न थालिएको विक्रम सम्वत् १९६८ देखि हो। यस अघि राणा प्रधानमन्त्री जंगबहादुरले जनगणना गर्ने कामको थालनी गरेका थिए।
कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरूको नाम थर, जातिरजनजाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाइसराइआदि विवरणहरू सङ्कलन गरिन्छ ।
यसरी तोकिएका अधिकारीहरूबाट प्रत्येक घरदैलोमा गई सङ्कलन गरिएका सर्म्र्पूण तथ्याङ्कहरूलाई प्रशोधन गरी प्रकाशन गर्ने प्रक्रियालाई जनगणना भनिन्छ । कुनै निश्चित भौगोलिक वा राजनतिक क्षेत्र भित्र बसोबास गर्ने सम्पुर्ण व्यक्तिहरूको सामाजिक,आर्थिक, भौगोलिक शैक्षिक तथा जनसांख्यीक विशेषताहरू सङ्कलन गर्ने प्रकृया हो।
जनगणना टाउकाको मात्र गणना यो व्यक्तिसँग सम्बन्धित महत्त्वपुर्ण सुचना लिने पुर्ण गणना हो। जनगणनामा प्रत्येक व्यक्तिका विभिन्न सूचनाहरूका बारेमा छुट्टा छुट्टै अभिलेख राखिन्छ।